पोखरामा एनपिएलको ट्रफी

पोखरा ।
ट्रफी टुरअन्तर्गत नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी मंगलबार पोखरा ल्याइएको छ । सात वटै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रम अन्तर्गत एनपिएलको ट्रफी गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको हो ।
एनपिएलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिएको टिम पोखरा एभेन्जर्सले आयोजना गरेको गौरवको यात्रा अन्तर्गत पोखरा रंगशालामा एक कार्यक्रमका बीच ट्रफी सार्वजनिक गरेको हो । एभेन्जर्सले गण्डकीका विभिन्न जिल्लामा गौरवको यात्रा जारी राखेको छ । पोखरामा भएको कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकीमा पोखरा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरे ।
‘हामीले गण्डकीमा एउटा एकेडेमी खोल्छौं । स्कुल स्कुलबाट एकेडेमी ल्याएर क्रिकेट सिकाएर एनपिएल हुँदै राष्ट्रिय टिममा सहभागी भएर विश्वकप जित्ने अवस्थासम्म पुर्याउन चाहन्छौं,’ उनले भने । ग्रासरुटबाट क्रिकेटर ल्याएर विकास गर्ने योजना रहेको त्रिपाठीले सुनाए ।
अध्यक्ष त्रिपाठीले यस पटक पहिलो संस्करणको कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्न प्रतिवद्धता जनाए । उनले भने, ‘के चिज राम्रो गर्न सकियो । कहाँ हाम्रो कमजोरी रह्यो भन्ने कुराहरुलाई हाम्रो टेक्निकल टिमहरुसँग बसेर त्यसलाई एनलाइज गरेका छौं ।’ पहिलो संस्करणको एनपिएलमा पोखरा एभेन्जर्स सातौं भएको थियो । ७ खेलमा पोखराले दुई खेलमा मात्रै जित निकालेको थियो ।
नोभेम्बर ३ देखि भारतमा पोखराको क्याम्प सुरु हुने अध्यक्ष त्रिपाठीले बताए । एनपिएलका खेलहरु फ्लड लाइटमा हुने भएकाले भारतमा फ्लड लाइटमा क्याम्प गरिने उनले बताए । कार्यक्रममा पोखरा एभेन्जर्सले सामाजिक कार्यमा योगदान गरेवापत झरना नेपाली र सम्राट थापामगरलाई सम्मान गरेको थियो ।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया