त्रिविको शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रको लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेस्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेस्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’सार्वजनिक गरेको हो ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए । समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको हो ।
त्रिविका ६४ वटा आंगिकसहित सम्बन्धत प्राप्त क्याम्पस र ४४ वटा केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेन्डर’ अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने निर्देशनसमेत दिइसकेको उनले जानकारी दिए । ‘शैक्षिक क्यालेण्डर’ अनुसार स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिक महिनासम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मंसिर महिनालाई तोकिएको छ ।
स्नातक तहतर्फ ८ सेमेष्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका शैक्षिक क्यालेन्डरमा छ । प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैत महिनाभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ । यस्तै स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्ने गरी क्यालेण्डर बनाइएको छ । आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ ।
स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ । वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ ।
चौथौ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ । त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गतको यस शैक्षिक सत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेण्डर सार्वजनिक गरिएको छ । क्यालेण्डर अनुसार २०८२ सालको शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिर महिना, पुस महिनामा प्रवेश परीक्षा, माघ महिनादेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षा फल प्रकाशित गर्ने कार्यतालिका छ ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया