बाँझापाटन सांगीतिक फेस्ट हुने

पोखरा ।
बाँझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा १३ बाँझापाटनमा आगामी बुधबार उक्त फेस्ट हुने भएको हो ।
खेलकुद र सामाजिक कार्यमा क्रियाशील बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए ।सांगीतिक साँझमा दि लोकल्स, ड्रिर्मज, शैलु राई लगायतको प्रस्तुति रहनेछ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि–सेल १ हजार र डोर–सेल १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
कार्यक्रमका लागि बाझापाटन (बि १३) हङकङ, युके, युएसए, फ्रान्स, पोर्चुगल, युएई, क्रोयसिया, पोल्यान्ड, मकाउ र जापानको सहयोग रहेको छ । रोजगारको शिलशिलामा विदेश पुगेका युवाले आफ्नो ठाउँको विकासका लागि विदेशमा समेत शाखा स्थापना गरी हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको गुरुङले बताए ।








जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया