भ्रामक र तथ्यहीन सूचनाबारे विद्यार्थीलाई सचेतना

पोखरा । मिथ्या र भ्रमपूर्ण सूचनाका चुनौती र समाधानबारे विद्यार्थीलाई सचेत बनाउन बिहीबार पोखरामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा १३ मा रहेको भद्रकाली माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ११ र १२ का विद्यार्थीसँग कार्यक्रम गरिएको हो । कार्यक्रममा सयजना भन्दा बढी विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सूचना मानवीय अस्तित्वको ‘अक्सिजन’ भएको बताउँदै सही सूचना सशक्तीकरणको प्रमुख स्रोत बन्ने उल्लेख गरे । उनले गलत सूचना खतरनाक हतियार बन्न सक्ने चेतावनी दिँदै यसको तीन प्रकार मिथ्या सूचना, दुष्प्रचार र खराब सूचना जानकारी दिए ।
‘मिथ्या सूचना प्रायः अनजानमा फैलाइन्छ, दुष्प्रचार नियोजित रूपमा अरूलाई भ्रमित पार्न गरिन्छ, र खराब सूचना सत्य भए पनि बदनामीका उद्देश्यले प्रयोग गरिन्छ,’ उनले भने ।
लामिछानेले हालैको जेनजी आन्दोलनका क्रममा फैलिएका अनेकौं गलत सूचनाले समाजमा द्वन्द्व र आतंक निम्त्याएको उदाहरण दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको मृत्यु, एमाले अध्यक्ष केपी शर्मा ओलीको नक्कली पत्र, शिक्षामन्त्री महावीर पुनको एआई तस्बिर, पत्रकार भाग्य न्यौपानेका सम्बन्धमा गरिएको झुटा दाबी, संसद भवनमा ३२ जनाको मृत्यु भएको अफवाहजस्ता सूचनाले आन्दोलनलाई हिंसात्मक बनाएको थियो । विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले सूचना साक्षरताको अभ्यासले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याउने बताए ।
विद्यालयका कक्षा ११–१२ संयोजक उपेन्द्र सुवेदीले विद्यार्थीलाई सही सूचना छनोट गर्न सिकाउनु अहिलेको जरुरी विषय भएको र आगमी दिनमा त्यसमा ध्यान दिन सबैलाई अनुरोध गरे । सहायक प्रधानाध्यापक प्रदीप भण्डारीले गतल सूचना छुट्याउन सकेर अगाडि बढ्न सके विद्यार्थीमा सोच्ने र विश्लेषण गर्ने क्षमता विकास हुने बताए ।
अन्तक्र्रियामा विद्यार्थीहरूले आफूहरूलाई सही र गलत सूचना छुट्याउन सजिलो भएको भन्दै मञ्चलाई धन्यवाद दिए । उनीहरूले आगामी दिनमा तथ्यपरक र पुष्टि भएका सूचनामात्रै सेयर गर्ने प्रतिज्ञा गरे ।
कार्यक्रम संयोजक एवं निर्वतमान अध्यक्ष भरत कोइरालाले अहिलेको पुस्ता सूचना र प्रविधिसँग हुर्किएकाले झनै गलत र भ्रामक सूचना छुट्याउन आवश्यक भएको बताए । मञ्चले यसअघि पोखरामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, व्यवसायीसहित विभिन्न पेसामा आबद्ध व्यक्तिहरुका लागि समेत यस्तै सचेतनामूलक कार्यक्रम गरेको उनले जानकारी दिए ।
मञ्चका अध्यक्ष विशन क्षेत्रीले यस्ता कार्यक्रमले पत्रकार, विद्यार्थी र सरोकारवालाबीच सूचना सन्तुलन र सत्यतामुखी पत्रकारिताप्रतिको चेतना अभिवृद्धि हुने बताए ।








पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया