अन्नपूर्ण ९ मा अभिभावक शिक्षा

पोखरा ।
अन्नपूर्ण गाउँपालिका ९ तीखेढुङ्गा कास्कीमा रहेको भगवती माध्यमिक विद्यालयको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको सहयोगमा बुधबार अभिभावक शिक्षा कार्यक्रम भएको छ । वडा भित्र रहेका भगवतीसहित भुमे आवि र उल्लेरी आविका अभिभावक यसमा सरिक थिए ।
लिड विद्यालय र फिडर विद्यालयबिचको सहकार्य कार्यक्रम अन्तर्गत वडा नं. ९ मा रहेको एकमात्र माध्यमिक विद्यालयले आफ्ना फिडर विद्यालयसमेत समेटेर अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।
उनले भनिन्, ‘हामी निर्वाचित भएपछि हाम्रो पहिलो ध्यान शिक्षा र स्वास्थ्यमा छ । हामीले यस पालिका भित्रका सबै नागरिकलाई एक हजार तिर्दा नै पाँच जनासम्मको स्वास्थ्य बिमा हुने अवसर दिएका छौं ।’ गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सरस्वती पुनले गाउँपालिकाले नै व्यवस्थापन गरेर सम्पन्न गर्नुपर्ने अभिभावक शिक्षा कार्यक्रम वडाको लिड विद्यालयले आयोजना गरी गरेकोमा खुसी व्यक्त गरिन् ।
उनले निकट भविष्यमै गाउँपालिकाले अभिभावक शिक्षा पुस्तिका निर्माण गरी प्रत्येक अभिभावकलाई वितरण गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई आफूले दिनुपर्ने समय, ज्ञान र संस्कार दिए नदिएको पनि ख्याल गर्नुपर्छ । म पनि एक आमा हुँ तर बेला बेलामा मलाई डर लाग्छ, कतै मैले मेरो सन्तानको लागि दिनुपर्ने समय र संस्कार दिनबाट कतै चुकेकी पो छु कि ?’
युवा उत्प्रेरक रवि किरणले सहजीकरण गरेको उक्त कार्यक्रमअघि भगवती माध्यमिक विद्यालयका शिक्षकका लागि शिक्षक उत्प्रेरणा कक्षा र विद्यार्थी उत्प्रेरणा कक्षाका सत्रहरु समेत समेटिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक कीर्तिराज ढकालले सञ्चालन गरेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया