एमाले कास्कीद्वारा पोखरामा बृहत मोटरसाइकल र्याली

पोखरा । नेकपा एमाले, कास्कीले शनिबार पोखरामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । जेनजी आन्दोलनपछि दाङ लगायत देशका विभिन्न स्थानमा गरिएको यस्तै र्यालीको निरन्तरता स्वरूप कास्कीमा पनि यो कार्यक्रम आयोजना गरिएको हो ।
पार्टीले यस र्यालीलाई संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको जनाएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्यालीमा सहभागिता जनाएका थिए । एमालेका जिल्ला नेताहरूका साथै युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत पनि यस र्यालीमा सहभागी हुन पोखरा आएका थिए ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार, संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकता विरुद्ध यो र्याली निकालिएको हो । जेनजी प्रदर्शनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विरुद्धमा शान्ति तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्य पनि र्यालीको रहेको उनको भनाइ छ । पोखरा सभागृहबाट सुरु भएको र्याली न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइडको हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै पुनः सभागृहमा फर्केर समापन भएको थियो ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया