प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् मुख्यमन्त्री बैठक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा हुने उनको निजी सचिवालयले जानकारी दिएको छ।
जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका प्रदेश संरचना मर्मतसुधार देखि संसद अधिवेशन समेत चल्न सकेका छैनन् । भदौ २७ गते सरकार गठन भएदेखि नै मुख्यमन्त्रीहरुसँग सवादहीनता थियो ।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।







लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया