काँग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन, महाधिवेशन कार्यतालिकामा अझै सहमति जुटेन

काठमाडौँ। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ।
निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको बताए।
प्रवक्ता महतले सहमति नजिक पुगेको अनुभव गरेको बताउँदै भने, ‘१५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छ? भन्ने विषयमा नै मतान्तर हो। यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु। र, एउटा समान निष्कर्षमा हामी पुग्छौँ भन्ने मलाई लागेको छ।’
उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याउने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसभित्र महाधिवेशनको मितिबारे विवाद छ। संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया