‘मायामा मायामा’ सार्वजनिक

पोखरा ।
डा जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘मायामा मायामा’ सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालको छ ।
गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र मिस मगर २०२३ की विजेता बीनु मगरले अभिनय गरेका छन् ।
लमजुङको मस्र्याङदी गाउँपालिका स्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पिस हिल रिसोर्ट लगायतका आकर्षक दृश्यहरू तथा कास्कीको अस्ताम र फेवाताल वरिपरिका स्थानमा छायांकन गरिएको यस भिडियोले दर्शकलाई प्राकृतिक सौन्दर्य र भावनाको मिश्रणमा डुबाउने प्रयास गरेको छ ।
गीतकार तथा निर्माता डा तामाङले यो गीत मैले चार महिनाअघि लेखेको जनाउँदै यो श्रीमती नरसोभा गुरुङसँगको प्रेमकथामा आधारित रहेको सुनाए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराबाट बनेको यस गीतको पृष्ठभूमि, छायांकन र भावनात्मक प्रस्तुति सबै उत्कृष्ट रहेको जनाए ।
कन्दरा ब्यान्डका संगीतकार सुनील थापाले गीतको सबै पक्ष बलियो रहेको बताउँदै डिजिटल प्रमोसनमा ध्यान दिनुपर्ने सुझाव दिए । ‘राम्रो सिर्जनाको बजार राम्रो हुनुपर्छ, अहिलेको बजार भनेको डिजिटल प्लेटफर्म हो,’ उनले उल्लेख गरे ।
गायक तथा संगीतकार सन्तोष बस्यालले आफू १० वर्षदेखि संगीतकर्ममा सक्रिय रहेको जनाउँदै राम्रो सिर्जनाका लागि गीतकार तथा निर्माता जसपाल पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । ‘पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण हो यो,’ उनले भने ।
गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । भिडियो निर्देशक नेत्र गुरुङले राम्रो निर्माता भएका कारण नै म्युजिक भिडियोको छायांकनदेखि सम्पादनसम्म सबै पक्ष सुदृढ बनेको उल्लेख गरे ।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया