फेवातालमा डुंगा पल्टियो, सेना र सशस्त्रद्वारा ३ जनाको उद्धार

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा कात्तिक १६ गते डुंगा पल्टिँदा डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ।
तालमा डुंगा अचानक पल्टिएपछि डुंगामा सवार चालक पोखरा महानगरपालिका, आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए।
घटनाबारे जानकारी पाउनसाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमान्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरबोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यस घटनाले फेवातालमा डुंगा यात्राको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकतालाई औँल्याएको छ, तर सुरक्षाकर्मीहरूको द्रुत प्रतिक्रियाले ठूलो दुर्घटना टरेको छ।










कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया