अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए ।
यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए । यसैगरी, श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।रासस








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया