परिवार नियोजन संघसँगमा स्वास्थ्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नेपाल परिवार नियोजन संघ कास्की शाखासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताएका छन् । सोमबार संघको निरीक्षणपछि उनले मन्त्रालय र संघबीच छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषयमा टुंगोमा पुग्ने बताए ।
निरीक्षणका क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आएका सेवा, यसका समस्या र आवश्यकताका बारेमा जानकारी लिएका थिए । संघका गतिविधिबारे वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले जानकारी दिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले स्वास्थ्यका क्षेत्रमा काम गर्ने हुटहुटी भए पनि शून्य बजेटका कारण काम गर्न नसकिएको बताए ।
पोखरा १२, उपकार मार्गस्थित संघको कार्यालयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एचआईभी परीक्षण तथा परामर्श, पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक परीक्षण तथा परामर्श, यौनिक तथा लैंगिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरू उपलब्ध छन् । संघले पछिल्लो पटक असोजदेखि भिडियो एक्सरे सेवा पनि सञ्चालनमा ल्याएको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया