विभागीय पुस्तकालयमा आख्यानकार सुब्बा

पोखरा ।
पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको विभागीय पुस्तकालयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बोर्ड अफ ट्रस्टी तथा दार्जिलिङ निवासी आख्यानकार विन्द्या सुब्बाले विभागीय पुस्तकालयमै उपस्थित भएर साहित्यसित सम्बन्धित विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गरिन् ।
विभागीय पुस्तकालयले आयोजना गरेको पुस्तक हस्तान्तरण तथा स्वागत कार्यक्रममा विभागीय प्रमुख डा.यमनाथ तिमिल्सिनाले अतिथिलाई शब्द तथा खादाले स्वागत गरेका थिए । त्यसपछि आख्यानकार सुब्बाले नेपाली विभागको विभागीय पुस्तकालय त साहित्यकारहरूका निम्ति सितल छहारी बनेको कुरा व्यक्त गरिन् । यस्तो संस्थामा आएर विद्वत्जनसँग अन्तक्र्रियामा सहभागी हुन पाउँदा गौरव अनुभव भएको विचार प्रस्तुत गरिन् ।
उक्त कार्यक्रममा डा.पुण्यप्रसाद शर्मा, डा.श्रीधर न्यौपाने, निर्मल सापकोटालगायतका प्राध्यापक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने आख्यानकार विन्द्या सुब्बाको साहित्यिक योगदानका बारेमा प्रा.डा.कुसुमाकर न्यौपानेले प्रकाश पारेका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया