पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ

पोखरा ।
पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बुधबार बिहान अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वअध्यक्ष शम्भुराज बास्तोला, पूर्वसचिव ईन्द्रप्रसाद द्वा, सञ्चालक समिति सदस्य दोर्जे तामाङ र सुपरभाइजर मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको उजुरीपश्चात् उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पोखरा–९, नयाँबजारको प्रधान कार्यालय सञ्चालन हुँदै आएको सहकारीको पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्र छन् । सहकारीले २०५८ सालदेखि पोखरा–८, सिर्जनाचोकबाट सेवा सुरु गरेको थियो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया