पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पोखरा ।
पत्रकार विनोदप्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका ‘लेखन र सम्पादन’ तथा ‘लेखन कला’ विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाडौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
सेफर्ड कलेज काठमाडौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताए ।
सेफर्ड कलेजकी क्याम्पस प्रमुख कविता शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताइन् । पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएकोले सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको उल्लेख गरे ।
दुबै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुन्छ । वास खवर डिजिटल पत्रिकाका सम्पादक समेत रहेका विनोद धौलागिरि नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया