वडा तहसम्म एमालेको सडक प्रदर्शन

पोखरा ।
देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन नेकपा (एमाले)ले वडादेखि काठमाडौं उपत्यकासम्म सडक प्रदर्शन गर्न लागेको छ । प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउनका लागि एमालेले वडा, पालिका, जिल्ला तथा काठमाडौंमा जनप्रर्दशन गर्न लागेको हो ।
पार्टीको केन्द्रीय कमिटीको १०औं बैठकले निर्णय अनुसार कास्कीमा जनपरिचालन तथा जनप्रदर्शन गर्न लागेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । एमालेले प्रतिगामी षड्यन्त्रका विरुद्ध आगामी कात्तिक २२, २५, २९ र मंसिर ६ गते वडास्तरीय जनभेला, पालिका स्तरीय जनप्रर्दशन, जिल्ला स्तरीय जनसभा र जनप्रर्दशन र जनसभा गर्न लागेको छ ।
‘संविधानको रक्षा, प्रतिगामी षडयन्त्रको बिरुद्धमा वडादेखि जिल्लासम्म गर्न लागेको प्रर्दशनलाई प्रभावकारी बनाउन कार्ययोजना बनाएर कार्यान्वयन गरिने छ,’ उनले भने, ‘कास्कीका ७२ वडा, पालिका र जिल्लास्तरीय जनसभालाई मर्यादित र व्यवस्थित बनाइने छ ।’
एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटीका सदस्य किरण गुरुङले वर्तमान सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित संसदको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको बताए । प्रतिगमनको बाटो अवलम्बन गर्न खोजिएको दाबी गर्दै उनले जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरु तय गर्दै अघि बढ्न सिंगो पार्टीपंक्ति, संविधान र लोकतन्त्रका पक्षधर राजनीतिक दलहरु र आमनागरिकलाई आह्वान गरे ।
विदेशी हस्तक्षेपको बिरुद्धमा जुध्ने र आवाज उठाउने पार्टी अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्दै उनले एमाले र अध्यक्ष ओली सबैको तारो भएको आरोप लगाए । अहिलेको अवस्थामा पार्टी नेतृत्वको रक्षा गर्न पर्ने उल्लेख गर्दै उनले नेतृत्वको रक्षा भए देश र लोकतन्त्रको रक्षा हुने तर्क गरे ।
एमालेका स्थायी समितिका सदस्य खगराज अधिकारीले आम जनता सडकमा नआए अझै प्रतिक्रान्ति हुने दाबी गरे । संविधान अपहरण भएको उल्लेख गर्दै उनले जनताबीचमा सकारात्मक सन्देश पु¥याएर प्राप्त उपलब्धीको रक्षा गर्नु पर्ने बताए । उनले २०६२÷०६३ सालको आन्दोलन जस्तो तयारी गर्न पर्ने सुझाव दिए । नेता तथा कार्यकर्ता विचारले प्रशिक्षित भएको कारण अविचलित भएर लागेको जानकारी दिदै उनले पार्टी भित्रको आन्तरिक समिक्षा भन्दा देश जोगाउने र लोकतान्त्रको रक्षा गर्नु प्रमुख सवाल भएको तर्क गरे ।
पोलिटब्युरो सदस्य जगत विश्वकर्माले सबै प्रतिकुलता र चुनौतीलाई एमालेले सामना गर्ने बताए । कार्यक्रममा एमाले कास्कीका अध्यक्ष अधिकारी, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया