कोक्यापको कार्यशाला
पोखरा ।
शान्तिका लागि साझा अभियान (कोक्याप)ले समुदायको दिगो विकासका लागि जीविकोपार्जन र सामाजिक सुरक्षाः अनुभव र सिकाई विषयक कार्यशाला गरेको छ । समावेशी, सामाजिक तथा आर्थिक विकासको लागि एकीकृत सामाजिक सुरक्षा र जीविकोपार्जन अभिबृद्धि परियोजना अन्तर्गत पोखरा उपमहानगरपालिका वडा नम्बर २८ लाई लक्षित गरी कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक महाशाखाका निर्देशक मनहर कडरियाले दिगो विकासका लागि ग्रामीण क्षेत्रमा कृषिको दिगो प्रविधि र वातावरणमैत्री खेती प्रवद्र्धन गर्नुपर्ने बताए । उनले कृषिमा सीपमूलक जनशक्तिको विकास गरेको खण्डमा स्वरोजगार प्रवद्र्धन गर्न सकिने जनाए ।
महानगरको दीर्घकालिन सांच २१०० ले समुन्नत पर्यटकीय पोखरा, समावेशी स्थानीय आर्थिक विकासका अलवा रोजगारीको प्रमुख आधार पर्यटन कृषि, उद्योग र व्यापारलाई मानेको उनले उल्लेख गरे । ‘पुरुषहरु रोजगारीका लागि बाहिर जाने लगायतका यावत कारणले कृषिमा महिलाको सहभागिता बढेको छ,’ उनले भने, ‘कृषिमा व्यवसायिक विकासको लागि महिलाको सशक्तिकरण गर्न आवश्यक छ ।’
कडरियाले हरियाली कृषि योग्य भूमि रहेको पोखरा २८ अर्गानिक तरकारी, मौरी पालन, पशुपालन, बाख्रापालनको सम्भावना रहेको जनाए । उनले बेलायतका युवराज चाल्सले भ्रमण गरेको रोयल ट्रेक पर्ने कालिका आसपासका क्षेत्रमा पदमार्गको विकास गर्न सकिने बताए ।
कृषि बिमाको व्यवस्था गरिएको उल्लेख गर्दै उनले कृषि उत्पादन, पशुपालन लगायतका क्षेत्रमा धितोका कर्जा लिन कठिनाई भएको चर्चा गरे । पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले स्थानीय उत्पादनको बजारी करण र कृषिको प्रवद्र्धनमा वडा कार्यालयले प्रयाप्त ध्यान दिएको जानकारी दिए । कोक्यापका केन्द्रीय अध्यक्ष पुष्प भुषालले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणको सवालमा किसानलाई तालिम लगायत विविध क्षेत्रमा संस्थाले सहयोग गरेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका पञ्जीकरण शाखाका अधिकृत ईश्वरी पोखरेल, कोक्याप गण्डकी प्रदेशका अध्यक्ष वीरबहादुर किसान, कोक्यापका कार्यक्रम अधिकृत सुशीला नेपाली, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष केशु भुजेल, कृषि सञ्जाल पोखरा २८ का अध्यक्ष राधाकृष्ण तिवारी लगायतले बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया