डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे

लण्डन ।
लण्डनमा सम्पन्न डब्लुटिएम मा सहभागी नेपली व्यवसायीले असन्तुष्टी व्यक्त गरेका छन् । यो विश्व कै ठुलो मध्येको एक पर्यटन मेला हो । तर नेपालको स्टल राख्ने ठाउँ र स्टल व्यवस्थापन झुर भएको भन्दै नेपाली व्यवसायीहरु नेपाल पर्यटन बोर्डसँग रुष्ट भएका हुन् ।
डब्लुटिएममा नेपालका २७ व्यवसायी सहभागी थिए । उनीहरु प्रत्यकले नेपाल पर्यटन बोर्डलाई २ लाख ५० हजार रुपैयाँका दरले सहभागिता शुल्क बुझाएका थिए भने आतेजाते र लण्डन बसाई खर्च व्यवसायी आफैले ब्यहोरेका थिए ।
यति धेरै लगानी गरेर आउदा पनि पर्यटन बोर्डको व्यवस्थापकिय कमजोरीका कारण नेपाल छायामा परेको व्यवसायीको गुनासो छ । व्यवसायी सबैले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलाई महोत्सव स्थल मै ज्ञापनपत्र बुझाउँदै रकम फिर्ता मागेका छन् ।
ज्ञापनपत्र बुझ्दै जोशीले कमजोरी भएको स्विकार गर्दै नियतवस नभएको बताए । ठुलो ठाउँ लिने प्रयास गर्दा कुनामा परेको उनको भनाइ छ ।
व्यवसायीले बोर्डका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाउने प्रयास गरेका थिए । तर मेलाको समापनको दिन सचिव मैनाली महोत्सव स्थलमा नआएका कारण सिईओ जोशीलाई बुझाएका थिए ।









उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया