‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
पोखरा । ‘गाउँघरको माया’ बोलको नयाँ लोकगीत शुक्रबार सार्वजनिक भएको छ । गाउँ र घरप्रति मानवीय भावना र माटोप्रतिको मोह समेटिएको यस गीतमा समाजका वर्तमान यथार्थहरू चित्रण गरिएको छ ।
बुद्धिराज बस्याल र सम बस्यालको स्वरमा रहेको गीतको लय र शब्द संयोजन बुद्धिराज बस्याल र अर्जुन थापा मगरले गरेका हुन् । यसका गीतका एरेञ्जर पनि अर्जुन थापा मगर नै हुन् । अभिनयमा बुद्धिराज र सम बस्याल देखिएका छन् भने डाईनामिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
‘गाउँ खालि छ, घरहरू खण्डहर छन्’ भन्ने भावबाट सुरु हुने गीतमा बाध्यताले गाउँ छोडी शहर र विदेश जानुपर्ने वर्तमान सामाजिक अवस्थाको चित्रण गरिएको छ । गीतले गाउँको माया, पाखा–पधेरा, खोला–नाला, पौडी खेल्ने बाल्यकालका सम्झना र मेलापात गर्ने गाउँजीवनका भावनात्मक पक्षलाई उजागर गरेको छ ।
स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–४ घोप्टेको कथा समेटिएको यस गीतले जहाँ भए पनि गाउँ नबिर्सौं र गाउँलाई माया गरौं भन्ने सन्देश दिएको छ ।







तपाईको प्रतिक्रिया