अल्फा बोर्डिङ स्कुलमा अन्तरसदनात्मक हाजिरीजवाफ

समाधान संवाददाता २०८२ कार्तिक २१ गते १७:५१

पोखरा । पोखरा १६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलले सहक्रियाकलापअन्तर्गत कार्तिक २१ गते शुक्रबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा माध्यमिक तहमा ४ र प्राथमिक तहमा चार गरी विभिन्न सदनको सहभागिता थियो ।

विद्यालयका संस्थापक तथा सह–प्राचार्य कृष्ण लम्सालले दिएको जानकारीअनुसार, माध्यमिक तहको प्रतियोगितामा जुगल सदनका साकार ढकाल, प्रवेश पोख्रेल, सुमन थापा मगर र रिहाना थापाको समूह प्रथम भयो । सैपाल सदनका प्रकृति अधिकारी, अंकित पुन, आख्यान गौतम र सुजल बाँस्तोलाको समूहले द्वितीय स्थान हासिल गर्‍यो । आधारभूत तहमा भने सैपाल सदनका जोयल भण्डारी, मेलिसा तामाङ, प्रज्ज्वल छन्त्याल, आयान गौतम र अनुस्का अधिकारीको समूह प्रथम भयो । कञ्चनजङ्घा सदनका प्रसिद्धि गुरुङ, अंकिता गौतम, रिदम शाही, समिप थापा र उल्सन मगरको समूहले द्वितीय स्थान हासिल गर्न सफल भयो ।

Advertisement

उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीलाई पढाइमा थप उत्प्रेरणा मिल्ने बताए । उनले विद्यार्थीहरूलाई आगामी दिनमा थप उत्साहित हुँदै विद्यालयका कार्यक्रममा सहभागिताका लागि उत्प्रेरित पनि गरे । शुक्रबार आयोजित हाजिरीजवाफ कार्यक्रमको सञ्चालन माध्यमिक तहतर्फ विज्ञान शिक्षक नवीन भण्डारी र आधारभूत तहतर्फ विज्ञान शिक्षक सन्दीप विकले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया