हिलसाइडमा दिवसीय वार्षिक खेलकुद

पोखरा । हिलसाइड इङ्लिस स्कुलले आयोजना गरेको २ दिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार विद्यालय प्रांगणमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बराल र प्राचार्य डिल्लिराम भट्टराईले कार्यक्रम संयोजक शिक्षक मीनप्रसाद सुवेदीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि खुला तथा कक्षागत रूपमा म्युजिकल चियर, डग एण्ड बोन, म्याथ रेस, बेलुन ब्रस्ट, स्पुन रेस, बल कलेक्टिङ, स्विट रेसलगायत २५ भन्दा बढी रमाइला खेलहरू सञ्चालन गरिएका थिए ।
त्यसैगरी कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूबिच भलिबल, फुटबल, बास्केटबल, रिले, रनिङलगायत एक दर्जनभन्दा बढी खेलहरू तहगत, अन्तरसदनात्मक र खुला प्रतिस्पर्धाका रूपमा सम्पन्न भएका थिए ।
खेलका विभिन्न विधामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । भलिबल सिनियर छात्रातर्फ हरियो सदनले प्रथम स्थान हासिल गर्दा निलो सदन द्वितीय स्थानमा रहेको थियो । त्यसै गरी छात्रतर्फ हरियो सदन प्रथम र निलो सदन द्वितीय भए । यसमा उत्कृष्ट खेलाडीको उपाधि एला गुरुङ र प्रमोट विकले प्राप्त हात पारेका थिए ।
फुटबल सिनियर छात्रतर्फ पहेंलो सदन प्रथम र रातो सदन द्वितीय बने भने, जुनियर छात्रतर्फ पहेंलो सदनले पुनः प्रथम र निलो सदनले द्वितीय स्थान हासिल गरे । यसमा उत्कृष्ट खेलाडीको उपाधि शिशिर मैनाली र बिहान जिसीले हात पारेका थिए ।
बास्केटबल सिनियर छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय बनेका थिए । सो खेलमा अमिष केसीले सर्वाधिक स्कोरर र रेहान गुरुङले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । छात्रातर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय हुन सफल भए ।
त्यस्तै टग–अफ–वार प्रतियोगितामा सिनियरतर्फ पहेंलो सदन प्रथम र निलो सदन द्वितीय रहे भने जुनियरतर्फ पनि पहेंलो सदनले प्रथम स्थान कायम राख्न सफल भयो ।
विजयी समूह र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य डिल्लीराम भट्टराईले खेलकुदले विद्यार्थीको शारीरिक सुदृढता मात्र नभई मानसिक सन्तुलन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न ठूलो भूमिका खेल्ने उल्लेख गर्दै खेल र पढाइबिचको सन्तुलनलाई जीवनको महत्वपूर्ण सिपका रूपमा प्रस्ट पारेका थिए ।
विद्यालयले यस्ता कार्यक्रमहरू हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी विद्यालयका सूचना अधिकारी होमनाथ भट्टराईले दिएका छन् ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया