माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट

पोखरा । पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा स्पोट्र्स मिटको आयोजना भयो । विद्यालयमा रहेको गेम्स एन्ड स्पोट्र्स क्लबको आयोजनामा बिहीबार र शुक्रबार गरी २ दिनसम्म सञ्चालन भएको मिटमा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रमुख प्रशासक चित्र गुरुङले बताए ।
स्पोट्र्स मिटमा २ विधाअन्तर्गत रहेर खेलहरु आयोजना भए जसमा बास्केटबल छात्र, छात्रा र भलिबल छात्र, छात्राको समूहमा विद्यार्थीको सहभागिता थियो । बास्केटबल छात्रतर्फ टिम निलो पहिलो र टिम रातो दोस्रो भए, त्यसैगरी छात्रातर्फ टिम पहेलो पहिलो र टिम रातो दोस्रो भए । त्यस्तै छात्र भलिबलतर्फ ११ बी पहिलो, १२ सी दोस्रो भए भने छात्रा भलिबलतर्फ टिम रातो पहिलो र टिम पहेलो दोस्रो भए । विद्यालयले बाँकी रहेका केही खेलहरु ब्याडमिन्टन, टेबल टेनिस र फुटसललाई केही दिनपछि आयोजना गर्ने जनाएको छ ।
स्कुलको नियमित कार्यक्रमअन्तर्गत रहेर खेलहरुको आयोजना गरिएको र विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा समावेश गर्न खेलहरु सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष एड्रिना गुरुङ, सचिव एप्सन पुन, प्राचार्य सइन्द्रराज श्रेष्ठ, डाइरेक्टर झम गुरुङ, लेख प्रमुख लगायतको सहभागिता रहेको थियो । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउन्टेनियरिङ विषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो विद्यालय हो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया