रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानामा रहेको रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा कृष्णप्रसाद तिमिल्सेना पुनः चयन भएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २८ का शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले स्थानीय शिक्षा नियमावली, परिच्छेद ५, नियम २९ अनुसार आगामी तीनवर्षे कार्यकालका लागि तिमिल्सेनालाई चयन गरेको हो ।
प्रहरी सेवामा लामो अनुभव सँगालेका तिमिल्सेना पूर्व प्रहरी लेखनाथ इकाईका अध्यक्ष, पूर्व प्रहरी प्रदेश समितिका सदस्य तथा लायन्स क्लबका विभिन्न तहमा रहेर काम गरिसकेका छन् । भर्खरै मात्र लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित तिमिल्सेनाले यसअघि पनि विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका थिए ।
सर्वसम्मत रूपमा चयन भएको नौ सदस्यीय समितिको सदस्यहरूमा जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष श्रीकृष्ण लामिछाने, अभिभावकहरूको तर्फबाट सन्तोष बास्तोला, अनिता भुर्तेल, रामचन्द्र तिवारी, मुना लामिछाने, महेश्वर अधिकारी, शिक्षक प्रतिनिधिमा पूर्णबहादुर खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपाने रहेका छन् ।
यसैगरी, सोही बैठकले मंगलुबहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि गठन गरेको छ । जसको सदस्यमा गोविन्दप्रसाद लामिछाने, हरिमाया गुरुङ, वीरेन्द्र लामिछाने र निर्मला परियार रहेको विद्यालयका शिक्षक ऋषिराम रानाभाटले जानकारी गराएका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया