एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना

काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डेटासँगै जीवन बिमा’ नामक एक नयाँ योजना सुरु भएको छ । यस सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा सुरक्षा पनि प्राप्त गर्नेछन् । नेपालमै पहिलोपटक सुरु भएको यस सेवाले एनसेलका प्रयोगकर्ताहरूलाई दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर डेटा प्रयोगसँगै बिमाको फाइदा लिन सक्ने सुविधा प्रदान गरेको छ ।
यस योजनाअन्तर्गत पहिलो प्याकमा करसहित ९९ रुपैयाँ लाग्नेछ । यस प्याकमा ३ दिनका लागि १०० एमबी डेटा, २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बिमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बिमा पाइन्छ । यो बिमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य हुनेछ ।
दोस्रो प्याकमा ३९ रुपैयाँ लाग्नेछ । यसमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बिमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बिमा पाउनेछन् । यो बिमा सुविधा पनि प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बिमाका लागि एउटा फारम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्नेछन् । यी प्याकहरू १२३४८६३ डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरूको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै तुरुन्तै सुरु हुनेछ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुनेछ ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ दत्तले मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बिमा सुरक्षासहितको सेवा दिन पाउँदा आफूहरू अत्यन्तै खुसी रहेको बताए । उनले यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बिमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको जनाए । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु एनसेलको कार्यको केन्द्रबिन्दु रहेको र यसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउने उनको भनाइ थियो ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले मेटलाइफ नेपालमा आफूहरू सुरक्षा सबैको अधिकार हो, सुविधा होइन भन्ने विश्वास गर्ने बताए । उनले यस साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट ग्राहक र उनको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु रहेको जनाए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया