एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना

काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डेटासँगै जीवन बिमा’ नामक एक नयाँ योजना सुरु भएको छ । यस सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा सुरक्षा पनि प्राप्त गर्नेछन् । नेपालमै पहिलोपटक सुरु भएको यस सेवाले एनसेलका प्रयोगकर्ताहरूलाई दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर डेटा प्रयोगसँगै बिमाको फाइदा लिन सक्ने सुविधा प्रदान गरेको छ ।
यस योजनाअन्तर्गत पहिलो प्याकमा करसहित ९९ रुपैयाँ लाग्नेछ । यस प्याकमा ३ दिनका लागि १०० एमबी डेटा, २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बिमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बिमा पाइन्छ । यो बिमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य हुनेछ ।
दोस्रो प्याकमा ३९ रुपैयाँ लाग्नेछ । यसमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बिमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बिमा पाउनेछन् । यो बिमा सुविधा पनि प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बिमाका लागि एउटा फारम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्नेछन् । यी प्याकहरू १२३४८६३ डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरूको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै तुरुन्तै सुरु हुनेछ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुनेछ ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ दत्तले मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बिमा सुरक्षासहितको सेवा दिन पाउँदा आफूहरू अत्यन्तै खुसी रहेको बताए । उनले यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बिमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको जनाए । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु एनसेलको कार्यको केन्द्रबिन्दु रहेको र यसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउने उनको भनाइ थियो ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले मेटलाइफ नेपालमा आफूहरू सुरक्षा सबैको अधिकार हो, सुविधा होइन भन्ने विश्वास गर्ने बताए । उनले यस साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट ग्राहक र उनको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु रहेको जनाए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया