भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने

पोखरा । पोखराको भैरवटोलमा भर्खरै निर्माण गरिएको भैरव मन्दिरमा कात्तिक २६ गते, भैरवाष्टमीको दिन दिउँसो २ बजेदेखि दर्शन र पुजन सुरु हुने भएको छ ।
यस मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिनेछ । सोही अवसरमा भैरवाष्टमीका दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शनसहितको पूजनमा सहभागी हुन श्री भैरव सांस्कृतिक संरक्षण समितिले आह्वान गरेको छ । दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुला रहनेछ ।
भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले दिएको जानकारीअनुसार, काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा संरक्षण गर्ने क्रममा समितिले मन्दिर निर्माणको पहल गरेको हो । समितिले पोखरामा नेवार समुदायको आगमनसँगै उपत्यकाको सांस्कृतिक परम्पराहरू जस्तै गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई निरन्तरता दिँदै आएको छ ।
समितिका सचिव तीर्थ श्रेष्ठले बताएअनुसार, समितिको २०७३ फागुन ७ गते सम्पन्न ४०औँ साधारण सभाले भैरव नृत्यका प्रमुख पात्र कालभैरवको पूजा–आराधनाका लागि मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७६ जेठ ३ गते पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले मन्दिरको शिलान्यास गरेका थिए ।
मन्दिर निर्माणको कुल अनुमानित लागत २ करोड ६ लाख ९१ हजार ८९५ रुपैयाँ रहेको छ । समितिले दिएको जानकारीअनुसार, अहिलेसम्म १ करोड ७० लाख ८८ हजार ६१५ रुपैयाँ खर्च भइसकेको छ । मन्दिर निर्माणका लागि विभिन्न दाताहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको पनि समितिले जनाएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया