पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’

पोखरा। लायन्स क्लब अफ पोखराको आयोजनामा ‘पिस पोस्टर कन्टेस्ट’ शुक्रबार पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। ‘टुगेदर एज वन’ भन्ने विषयमा आधारित उक्त प्रतियोगिता विद्यार्थीहरूमा शान्ति, एकता र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको थियो।
कार्यक्रमका संयोजक मित्रबन्धु सुवेदीले बालबालिकामा सिर्जनशीलता र शान्तिप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
कार्यक्रमकी प्रमुख अतिथि, डिस्ट्रिक्ट सिनियर को–एडभाइजर विमला श्रेष्ठले बालबालिकामा मानवता, सिर्जनशीलता र शान्तिका मूल्यहरू विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै निरन्तर यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।
क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले विद्यार्थीहरूको मनोभावना र सकारात्मक सोच विकासमा लायन्स क्लब सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
जोन चेयर पर्सन डा. बुद्धिबहादुर थापाले विद्यार्थीहरूले तयार पारेका पोस्टरहरूले शान्तिको गहिरो सन्देश बोकेको र यस्ता कार्यक्रमले बालबालिकाको दृष्टिकोण फराकिलो बनाउने कुरामा जोड दिए। त्यस्तै, विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले विद्यार्थीहरूको प्रतिभा र सिर्जनशीलता प्रोत्साहन गर्न लायन्स क्लबले निरन्तर यस्ता कार्यक्रम ल्याउनु सराहनीय रहेको टिप्पणी गरे।
विद्यालयका विभिन्न कक्षाका २२ जना विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा कक्षा ६ का विज्ञान यस्माली प्रथम, कक्षा ५ का सभु प्रवीण द्वितीय, कक्षा ६ का विनिशा थापा तृतीय र कक्षा ६ का रिजन पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताको मूल्याङ्कन कलाकार तथा प्राज्ञ नगेन सिंह ठकुरीले गरेका थिए। उनले यस्ता गतिविधिले बालबालिकाको मनमा शान्ति र सहिष्णुताको भावना जगाउने बताए।
कार्यक्रममा लायन्स सदस्यहरू, विद्यालयका प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन लायन रमेश थापाले गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष नकर्मीले भविष्यमा पनि बालबालिकाको क्षमता विकासका लागि यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया