बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
समाधान संवाददाता
२०८२ कार्तिक २२ गते ६:३७

बागलुङ। बागलुङको बोबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको एउटा पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९, चौबिरमा भएको यो दुर्घटनामा परी स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले बताए।
उनका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि बुर्तिबाङ अस्पतालमा लगिएको छ । बोबाङबाट ढोरपाटन जाँदै गरेको उक्त पिकअप जिपमा कुल पाँच जना यात्रु चढेका थिए। प्रारम्भिक जानकारी अनुसार, उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेको हो।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया