बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब

काठमाडौं। गत असोजमा गएको बाढीपहिरोका कारण भएको क्षतिबापत बिमा कम्पनीहरूमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको बिमा दावी परेको छ।
गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। बिमा प्राधिकरणका अनुसार कुल ४ सय ३४ वटा बिमा दावीको आवेदन परेको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बिमामा ३ सय ८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ९२, कृषि तथा बाली बिमामा २ सय ९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिकतर्फ १०, अन्य बिमामा १ र सामुद्रिक बिमामा ३ वटा आवेदन परेको छ।
कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दावीको आवेदन परेको छ। सबैभन्दा बढी १ सय ९७ वटा बिमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौंमा ८०, मोरङमा ९०, झापामा २०, पर्सामा ७१, रौतहटमा २८ वटा बिमा दावीको आवेदन परेको छ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँ बराबरको बिमा दावीको आवेदन परेको छ। यस्तै, गत असारको बाढीपहिरोका कारण भएको क्षतिको ९८ करोड ५९ लाख रुपैयाँ बराबरको बिमा दावीको आवेदन परेको थियो।
प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बिमा कम्पनीमा बिमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दावीको आवेदन परेको हो।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया