पोखरा १५ मा नागरिक सुनुवाइ

पोखरा ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम पोखरा १५ मा शुक्रबार शान्ति सुरक्षाको सम्बन्धी नागरिक सचेतना (नागरिक सुनुवाइ) कार्यक्रम भएको छ ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–९, पृथ्वीचोक र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १५ को समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले नेपाल प्रहरीको एकल प्रयासले शान्ति सुरक्षा कायम गर्न नसकिने बताए । स्थानीय समुदायसँगको सहकार्यमा प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षाको काम प्रभावकारी रुपमा गर्न सक्ने उनले उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५का अध्यक्ष तोरण बानियाँले शान्ति सुरक्षा विना विकास निर्माणको काम काम अगाडि बढ्न नसक्ने तर्क गरे । कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कुमारीमुना बास्तोला, सचिव तीर्थ शर्मा ढकाल, सहसचिव गीता भण्डारी, अलकापुर टोल विकास संस्थाका अध्यक्ष बेलबहादुर विक, सिर्जना टोल विकास संस्थाका अध्यक्ष विष्णु तिवारी, हाबर्ड एकेडेमीका प्राचार्य कृष्ण अधिकारी, स्यानीपाटन टोल विकास संस्थाका अध्यक्ष वीरबहादुर भण्डारी, संरचना टोल विकास संस्थाका सचिव मेखबहादुर खड्का, गरिमा टोल विकास संस्थाका सचिव कृष्णबहादुर भण्डारी, प्रतिभाटोल आमा समूहका सचिव जुनु भण्डारी लगायतले शान्ति सुरक्षाको बारेमा बोलेका थिए ।
कार्यक्रममा वडाका टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक, समाजसेवीहरुको सहभागिता रहेको थियो ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया