तारकाङमा डेंगी अभिमुखीकरण

पोखरा ।
डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीले कास्कीको मादी गाउँपालिका ४ तारकाङमा डेंगी सम्बन्धी अभिमुखीकरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी मादी ३,४, ५ र ११ उपशाखाको व्यवस्थापनमा स्थानीय ध्रुव माविमा कार्यक्रम भएको हो ।
कार्यक्रममा रेडक्रसको अभियानसँगै डेंगी रोग संक्रमणमा जुनियर रेडक्रसको भूमिकाका विषयमा रेडक्रस कास्कीका डेंगी फोकल पर्सन नवराज भण्डारीले सहजीकरण गरे । प्रशिक्षक सुनीता पौडेलले डेंगी संक्रमणको कारण र संक्रमण भएमा देखिने लक्षण र डेंगीबाट बच्ने उपायको बारेमा प्रकास पारिन् ।
कार्यक्रममा मादी ४का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले समुदायमा रेडक्रसले विपत तथा विपतजन्य र महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको बताए । उनले डेंगी जस्तो स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम विद्यालयमा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समुदायमा सचेतना बढ्ने उल्लेख गरे । उनले विद्यार्थी मार्फत अभिभावक सचेत भएमा समुदायमा हुनसक्ने संक्रमण घट्नको निम्ति महत्वपूर्ण सहयोग पुग्ने चर्चा गरे । उनले डेंगी सचेतना कार्यक्रम मादीका अन्य विद्यालयमा समेत सञ्चालन गर्न आग्रह गरे ।
रेडक्रस कास्कीका डेंगी फोकल पर्सन भण्डारीले ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रेडक्रस कास्की जिल्ला शाखाले डेंगु रोकथाम तथा प्रतिकार्यको लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए । ‘दसैंतिहार पछि वर्षात रोकिएको छ । बर्खाको पानी खाल्डा खुल्डी, प्लास्टिक, सिसाजन्य बोतल, बिर्कोमा जम्मा हुँदा लामखुट्टेको बासस्थान बृद्धि हुन सहयोग पुगेको छ,’ उनले भने, ‘चर्को घाम लागेसँगै तापक्रम बढेर एडिज जातका लामखुट्टेको समेत संख्या बढेको छ ।’
उनले सो लामखुट्टेको संख्या बढेसँगै डेंगी संक्रमण रोकथाम नियन्त्रणको लागि विद्यालय र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम बढाएको बताए । उनले डेंगी संक्रमण बढाउने लामखुट्टको लार्भा खोज र नष्ट अभियानलाई समेत निरन्तरता दिएको जनाए ।
नेपाल रेडक्रस सोसाइटी मादी ३, ४, ५ र ११ उपशाखा सभापति शुक्रराज सापकोटाले जिल्ला शाखासँगको समन्वयमा उपशाखाले पहिलो पटक विद्यालय र समुदाय स्तरमा डेंगी रोग संक्रमण रोकथाम नियन्त्रणको लागि सचेतनामुलक कार्यक्रम गरेको बताए ।
ध्रुव माविका प्रधानाध्यापक रामबहादुर पौडेलले विद्यालयमा रगत परीक्षण गर्दा एक जना डेंगी संक्रमित फेला परेको जानकारी दिए । उनले अभिमुखिकरणले अरु विद्यार्थी तथा अभिभावकहरुमा सचेतता बढेको बताए । खुला प्रश्नोत्तरसहित सहभागितामुलक ढंगले भएको कार्यक्रममा १ सय ५ जना विद्यार्थी तथा अभिभावकको सहभागिता थियो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया