माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान

पोखरा ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित माधव वियोगी साहित्य पुरस्कार–२०८२ नवलपुर जिल्ला गैंडाकोट निवासी सन्तकवि गोविन्दराज विनोदीलाई प्रदान गरिने भएको छ ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको जानकारी प्रतिष्ठानका सचिव शिव त्रिपाठीले दिएका छन् । त्यस्तै गरी सोही बैठकले २०८२ कै माधव वियोगी सम्मान कास्कीका नाट्यकर्मी कृष्ण उदासी र लमजुङका आधुनिक बालसाहित्यकार रमेशचन्द्र घिमिरेलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
सचिव शिव त्रिपाठीले दिएको जानकारी अनुसार विनोदीले उत्कृष्ट कविता–काव्य सिर्जना गरी नेपाली भाषासाहित्यको विशिष्ट सेवा गरेवापत तथा उदासी र घिमिरेले क्रमश नेपाली नाटक र आधुनिक बालसाहित्यको उन्नयनमा निरन्तर साधना गरेवापत सो पुरस्कार र सम्मानहरू प्रदान गर्न लागिएको हो ।
माधव वियोगी साहित्य पुरस्कारको राशि २५ हजार र सम्मानहरूको राशि ५/५ हजार रुपैयाँ छ । उल्लेखित पुरस्कार तथा सम्मानहरु छन्दनायक माधव वियोगीको जन्मदिनका अवसरमा यही कात्तिक २९ गते पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया