अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह

पोखरा ।
कास्की प्रहरीले बढ्दो अनलाइन ठगीलाई लिएर सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै ठगीबाट बच्ने उपायहरू सुझाएको छ ।
सामान खरिद गर्दा सामान पाएपछि मात्र भुक्तानी गर्न प्रहरीले सुझाएको छ । भरपर्दो बिक्रेतासँग मात्र कारोबार गर्न पनि आग्रह गरिएको छ । अत्यधिक सस्तो मूल्यमा महँगो सामान पाएमा त्यो चोरीको हुन सक्ने भएकाले त्यस्ता सामान किन्नुअघि सचेत हुन भनिएको छ ।
अनलाइनमा सामान खरिद गर्दा अग्रिम भुक्तानी माग्ने र ‘ओटिपी’ लिएर खाता ह्याक गरी ठगी हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । त्यसैले मोबाइलको स्क्रिन कसैसँग पनि सेयर नगर्न आग्रह गरिएको छ । साथीभाइ वा आफन्तको नाममा आर्थिक सहयोग माग्दै सामाजिक सञ्जालमा सन्देश आएमा, पहिला प्रत्यक्ष सम्पर्क गरी यकिन गरेपछि मात्र सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
अपरिचित व्यक्तिले विदेशबाट उपहार वा महँगा सामान पठाएको भन्दै विश्वास नगर्न प्रहरीले भनेको छ । सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुन सक्ने भएकाले यस्ता प्रलोभनमा नपर्न सचेत गराइएको छ । वैदेशिक रोजगारीका लागि भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा कारण खुलाएर बैंकमार्फत कारोबार गर्न पनि प्रहरीले सुझाएको छ ।
सामाजिक सञ्जाल र बैंकिङ एपमा बलियो पासवर्ड राख्न प्रहरीले आग्रह गरेको छ । अपरिचित व्यक्तिसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोग वा अन्य कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिंक नखोल्न पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया