५४ युनिट रगत संकलन

पोखरा ।
पोखरेली ट्याक्सी सेवा प्रालिमा आबद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रले शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । विमानस्थल प्रांगणमा भएको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको केन्द्रका सचिव जीत परियारले जानकारी दिए ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले पहिलो रक्तदाता ख्याम थापालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले विमानस्थलको ट्याक्सी सेवा केन्द्रले पोखरा आसपासको क्षेत्रमा रगत अभाव भएको अवस्थामा रक्तदान जस्तो मानवीय काम गरेको बताए । उनले केन्द्रले सदस्यको हक हितको अलवामा संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गरेको उल्लेख गरे ।
कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रका अध्यक्ष केन्द्रबहादुर केसी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।







पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया