पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख

समाधान संवाददाता २०८२ कार्तिक २२ गते १८:०२

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ को सेयर पुँजी २ करोड ६१ लाख ६३ हजार कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ७५ लाख ६० हजार २ सय थियो ।

सहकारीको सातौं वार्षिक साधारण सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ सम्ममा सहकारीको कुल निक्षेप भने बढेको जानकारी दिए । गत आर्थिक वर्षमा १ करोड ९१ लाख ६७ हजार ८ सय ८६ निक्षेप रहेकोमा अहिले सहकारीको निक्षेप बढेर २ करोड २४ लाख ६८ हजार ३ सय ५ पुगेको छ । अध्यक्ष श्रेष्ठले यस आर्थिक वर्षमा ३३ लाख ४ सय १९ रुपैयाँ बराबरले वृद्धि भएको बताए ।

यस आर्थिक वर्षमा सहकारीको कर्जा प्रवाह २ करोड ८९ लाख ६७ हजार ९ सय ५५ पुगेको छ । सहकारीले गत आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको कर्जा प्रवाह २ करोड ७२ लाख ९६ हजार ४ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Advertisement


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति विवरण र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आय सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुनिल अर्यालले पेश गरेको लेखा समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ सभाले सुधारसहित पारित गरेको छ ।

कार्यक्रममा सहकारीका सल्लाहकार जनपुकार मुनकमीले सभाको उद्घाटन गर्दै देश विदेशमा पाल्पाली जहाँ बसेपनि इज्जत र सानका साथ बस्ने बताए । सभामा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक पदमप्रसाद पोखरेल, सल्लाहकार नारायण पौडेल लगायतले सहकारीको बारेमा बोलेका थिए ।

Advertisement

कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण छोराछोरी आयाम कोइराला, सभ्य मल्ल, जोयल विश्वकर्मा र सविन रानालाई कदरपत्र प्रदान गरिएको छ ।

सभामा उत्कृष्ट बचत कारोबार गर्ने सेयर सदस्य भीमदेव शर्मा ढुंगाना र उत्कृष्ट कारोबार गर्ने समिता अधिकारी र उत्कृष्ट कर्मचारी सुस्मिता सेनलाई सम्मान गरिएको छ । २०७६ साल असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखराको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया