पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ को सेयर पुँजी २ करोड ६१ लाख ६३ हजार कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ७५ लाख ६० हजार २ सय थियो ।
सहकारीको सातौं वार्षिक साधारण सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ सम्ममा सहकारीको कुल निक्षेप भने बढेको जानकारी दिए । गत आर्थिक वर्षमा १ करोड ९१ लाख ६७ हजार ८ सय ८६ निक्षेप रहेकोमा अहिले सहकारीको निक्षेप बढेर २ करोड २४ लाख ६८ हजार ३ सय ५ पुगेको छ । अध्यक्ष श्रेष्ठले यस आर्थिक वर्षमा ३३ लाख ४ सय १९ रुपैयाँ बराबरले वृद्धि भएको बताए ।
यस आर्थिक वर्षमा सहकारीको कर्जा प्रवाह २ करोड ८९ लाख ६७ हजार ९ सय ५५ पुगेको छ । सहकारीले गत आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको कर्जा प्रवाह २ करोड ७२ लाख ९६ हजार ४ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति विवरण र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आय सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुनिल अर्यालले पेश गरेको लेखा समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा सहकारीका सल्लाहकार जनपुकार मुनकमीले सभाको उद्घाटन गर्दै देश विदेशमा पाल्पाली जहाँ बसेपनि इज्जत र सानका साथ बस्ने बताए । सभामा पाल्पाली समाजका पाेखराका अध्यक्ष श्रीधर पराजुली, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक पदमप्रसाद पोखरेल, सल्लाहकार नारायण पौडेल लगायतले सहकारीको बारेमा बोलेका थिए ।
कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण छोराछोरी आयाम कोइराला, सभ्य मल्ल, जोयल विश्वकर्मा र सविन रानालाई कदरपत्र प्रदान गरिएको छ ।
सभामा उत्कृष्ट बचत कारोबार गर्ने सेयर सदस्य भीमदेव शर्मा ढुंगाना र उत्कृष्ट कारोबार गर्ने समिता अधिकारी र उत्कृष्ट कर्मचारी सुस्मिता सेनलाई सम्मान गरिएको छ । २०७६ साल असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखराको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया