अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३, आर्वास्थित श्री अमरज्योति आधारभूत विद्यालय, अमलाचौरले आफ्नो ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसर पारेर भव्य महायज्ञ आयोजना गर्ने भएको छ।
आज आयोजित बृहत् भेलाले आगामी माघ १७ देखि २३ गतेसम्म सातदिने महायज्ञ गर्ने निर्णय गरेको छ। स्वर्ण महोत्सवका अवसरमा महायज्ञसहित अन्य शैक्षिक, सामाजिक लगायत विविध कार्यक्रमहरू पनि गरिने विद्यालयका प्रधानाध्यापक विमलबहादुर बरालले जानकारी दिए।
स्वर्ण महोत्सव तथा महायज्ञ कार्यक्रमलाई भव्य रूपमा मनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बराल संयोजक तथा प्रधानाध्यापक विमलबहादुर बराल सदस्य सचिव रहेको १०९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, छिमेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, वडा नम्बर १३ मा रहेका सबै टोल विकास संस्था, आमा समूह, युवा क्लब, मठमन्दिरका समितिहरू, शिक्षक, विद्यार्थी, भूपू विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवीहरूको प्रतिनिधित्व रहनेछ। कार्यक्रम व्यवस्थापनका लागि एक सचिवालय समिति पनि बनाइने भएको छ।
स्वर्ण महोत्सव तथा महायज्ञ सफल पार्न विभिन्न उपसमितिहरू गठन गरी कार्य विभाजन गरिएको छ। जसमा अर्थ सङ्कलनमा हरिबहादुर बराल, पूजा व्यवस्थापनमा पदमराज बराल, पण्डित व्यवस्थापनमा राजेन्द्रप्रसाद बराल, अतिथि सत्कारमा तारा बराल, प्रचार प्रसारमा श्रीराम सिग्देल, सम्मान समन्वयमा ऋषीराम सिग्देल, सुरक्षा व्यवस्थापनमा रामबहादुर अधिकारी, युवा तथा भूपू विद्यार्थी समन्वयमा ई. प्रताप बराल, भजन वाद्यवादनमा महेन्द्रबहादुर बराल, सामाजिक सञ्जाल तथा विदेश विभाग समन्वयमा विजय कुँवर संयोजक रहेका विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन्।
२०३२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ५ सम्म पढाइ भइरहेको छ। स्वर्ण महोत्सवपछि कक्षा आठसम्म पुर्याउने लक्ष्य राखिएको छ। यसका साथै, विद्यालयको शैक्षिक तथा भौतिक स्तर उकास्ने, विद्यालयमा स्वर्ण जयन्ती स्वागत द्वार निर्माण, सरस्वतीको मन्दिर बनाउनुका साथै खेलकुद मैदान स्तरोन्नति गर्ने पवित्र उद्देश्यहरू राखिएको छ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया