भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत नयाँ विद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ। कक्षा १२ का सबै विद्यार्थी र भद्रकाली माविको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। प्राध्यापक तथा शिक्षासेवी रामगोपाल ढेवाजूले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरे।
प्राध्यापक ढेवाजूले विद्यार्थीहरूलाई शिक्षकलाई गुरु मात्र नभई जीवनका सल्लाहकारका रूपमा पनि हेर्न अनुरोध गरे। उनले शिक्षकहरू विद्यार्थीका पथप्रदर्शक भएको बताए।
विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले विद्यार्थीहरूलाई नियमित उपस्थित भई अनुशासनपूर्वक अध्ययन गरेर अगाडि बढ्न जोड दिए। विद्यालयका कक्षा ११ र १२ का संयोजक उपेन्द्र सुवेदीले बालबालिकाहरूसँग फरक-फरक क्षमता हुने र क्षमतावान व्यक्तिहरू विश्वव्यापी रूपमा फैलिएको बताए। विज्ञान संकायका संयोजक पिताम्बर अर्यालले यसभन्दा अगाडिका विद्यार्थीहरूले जसरी विद्यालयको गरिमा वृद्धिका लागि नयाँ विद्यार्थीहरूले पनि मेहनत गर्नुपर्नेमा जोड दिए।
कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत शुष्मा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष हरिकला श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। दोजिना गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यार्थीहरू विशाखा महर्जन र पर्वत सुनारले सञ्चालन गरेका थिए। भद्रकाली क्यान्टिन सञ्चालक तथा कलाकार सुदिप तिमिल्सिनाले क्यारिकेचर प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पारेका थिए।
विसं २००८ मा स्थानीय समाजसेवीको अगुवाइमा स्थापित भद्रकालीमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ । एसइई र अरु परीक्षामा समेत उत्कृष्ठ नतिजा ल्याएको भद्रकालीमा २ हजार विद्यार्थी अध्ययनरत छन् ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया