कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
समाधान संवाददाता
२०८२ कार्तिक २३ गते ६:१४

पोखरा । कर्मचारी सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको हो।
अधिवेशनले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ। सञ्चालक समितिको अध्यक्षमा पदमबहादुर घिमिरे, उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी र कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएका छन्। समितिका सदस्यहरूमा सुमन शर्मा, चित्रा ढकाल, शिवराज बराल र केदार धमला रहेका छन्।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेरम्ब पौडेल चयन भएका छन् भने सदस्यहरूमा सीता बराल र धनराज पराजुली रहेका छन्।

सम्बन्धित







पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया