कोरला १३ नेपाली चीन गए

मुस्ताङ ।
मुस्ताङ स्थित कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ । कार्यालय उद्घाटन भएको ठीक १ वर्षपछि, सेवा सुरु भएसँगै पहिलोपटक १३ जना नेपाली शुक्रबारै चीनतर्फ प्रस्थान गरेका छन् ।
अध्यागमन अधिकृत प्रवेश बडुवालले नेपालबाट चीन जान चाहने र चीनबाट नेपाल आउन चाहनेका लागि अध्यागमनको सेवा सुरु भएको जानकारी दिए । ‘नाकाबाट पहिलोपटक औपचारिक रूपमा शुक्रबार नै १३ जना नेपाली चीन जानु भएको छ,’ बडुवालले भने ।
उपल्लो मुस्ताङ निषेधित क्षेत्र भएकाले चीनबाट नेपाल आउने विदेशी नागरिकले भने ५ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था रहेको उनले बताए । अध्यागमन कार्यालयका अनुसार लोमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ जनाको टोली कोरला हुँदै ल्हासा प्रस्थान गरेको हो । चीनको अध्यागमनले पनि चीन प्रवेशका लागि कोरलाबाट साधारण राहदानीमा भिसा जारी गरेको छ । यसअघि विभिन्न प्रयास गरिए तापनि सेवा सञ्चालन हुन सकेको थिएन ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ गते अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । कोरलास्थित नाकामा बाक्लो हिउँ परेका कारण हाललाई लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयबाट अध्यागमन सेवा प्रदान गरिएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख बमबहादुर नेपालीले भौतिक संरचना अध्यागमनलाई प्रयोग गर्न दिइएको बताए ।
कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि औपचारिक रुपमा सेवा थालनी
नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले त्यस क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनका लागि ५ सय अमेरिकी डलर शुल्क लाग्छ । कोरला नाका हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकले समेत ५ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यद्यपि, नेपाल सरकारले चिनियाँलाई पर्यटक भिसा वर्षको १ सय ५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्दा चिनियाँ लगायत अन्य विदेशी नागरिकले ५०० डलर तिर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग हुँदै आएको छ ।
कोरला नाकामा चीनतर्फ आधुनिक पूर्वाधारसहितको अध्यागमन, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायतका कार्यालयहरू छन् । तर, नेपालतर्फ कोरलामा अध्यागमन कार्यालय मात्र रहेको छ । क्वारेन्टाइन, भन्सार र सुरक्षा कार्यालयहरू भने करिब १५ किलोमिटर तल नेचुङमा रहेका छन् ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया