भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा

पोखरा। भद्रकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा-१३ को सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्षमा बाबुराम सापकोटा, उपाध्यक्षमा सन्तोष थापा, सचिवमा नीलकण्ठ सिग्देल र कोषाध्यक्षमा पुरुषोत्तमराज घिमिरे रहेका छन्। यसैगरी, सदस्यहरूमा सन्तोष गुरुङ, पदम श्रेष्ठ, देवीबहादुर गुरुङ, बिनकुमारी गुरुङ, गीता अधिकारी भण्डारी, गीता लौडारी र पदमकुमारी गुरुङ निर्वाचित भएका छन्।

लेखा सुपरिवेक्षण समिति संयोजकमा कृष्णराज भट्टराई चयन भएका छन् भने सदस्यहरूमा कृष्णप्रसाद सुवेदी र सन्जय कोइराला रहेका छन्।
साधारणसभाले आर्थिक वर्ष ८१/८२ का लागि सञ्चालक समितिबाट प्रस्तुत अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकको प्रतिवेदन पारित गरेको छ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान र उत्कृष्ट कारोबार सम्मान पनि प्रदान गरियो ।
संस्थाका अध्यक्ष डा. दीपकराम सुवेदीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य तोयनाथ सुवेदी थिए। निर्वाचन मण्डलका संयोजक संस्थापक अध्यक्ष किरणराज घिमिरे थिए भने सदस्यहरूमा मधुरा श्रेष्ठ र हस्तबहादुर थापा रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नरबहादुर गुरुङले प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष किरणराज घिमिरेले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन सचिव बाबुराम सापकोटाले गरेका थिए।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया