चापाकोटका विद्यार्थीलाई स्टेसनरी

पोखरा ।
पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासहित स्टेशनरी र खेलकुदका सामग्री प्रदान गरिएको छ ।
पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीहरुको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट त्यस विद्यालयका २७ जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडासहित आवश्यक स्टेशनरी र खेलकुदका सामग्री हस्तान्तरण गरेको हो ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा र संस्थाका अध्यक्ष मनोज विश्वकर्मा ‘विनोद’ ले सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । महासंघ गण्डकीका अध्यक्ष गौतमले युवा उद्यमी संस्थाले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै, सबैको सहयोगबाट नै संस्था बलियो बन्ने उल्लेख गरे । संघ कास्कीका अध्यक्ष विश्वकर्माले शिक्षाका क्षेत्रमा युवा उद्यमी संस्थाले सहयोग गरेको र त्यसमा उपस्थिति हुन पाउँदा संघ नै सम्मानित भएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामकला थापा, कार्यक्रमका मूल संयोजक दुर्गाबहादुर सुनार, संयोजक कमल सुनार, युवा उद्यमी विजय सुनारलगायतले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षा भए पनि विद्यार्थीको आकर्षण कम रहेको बताए ।
संस्थाका अध्यक्ष मनोज सुनार ‘विनोद’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा उद्यमी संस्थाका सचिव श्रीकृष्ण सुनारले गरेका थिए । संस्थाले करिब ७० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको जनाएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया