मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी

पोखरा। मनाङ जिल्लामा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीले फेला पारेको छ। ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल बाबुछोरी रहेको खुलेको छ।
उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका-५ स्थित मिलेरेपा गुम्बा घुम्न जान्छु भनी हिँडेका थिए। त्यसयता उनीहरू सम्पर्कमा आएका थिएनन्।

बाबुछोरी सम्पर्कविहीन भएपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई खोजीकार्यका लागि जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित माउन्टेन रेस्क्यु तालिम प्राप्त टोली परिचालन गरियो।
सोही टोलीले गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको हो।
शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया