लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको ९ औं अधिवेशन तथा २४ औं साधारण सभा २०८२ भएको छ । अधिवेशनबाट अध्यक्ष परशुराम अधिकारीको नेतृत्वमा ९ पदाधिकारी सहित २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । प्रतिष्ठान नेपाल कास्कीको प्रथम उपाध्यक्ष दिपक अधिकारी, द्वितीय उपाध्यक्ष नवराज अधिकारी र महिला उपाध्यक्ष दुर्गा क्षेत्री सचिव सुनिल गायक, सहसचिवमा दिवाकर भण्डारी (सापटी काका)कोषाध्यक्ष पूजा योन्जन मगर र सहकोषाध्यक्ष मनोज नेपाली रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता वीरेन्द्र केसीले जानकारी दिए ।
प्रतिष्ठान नेपाल कास्कीको प्रवक्तामा सुरज अधिकारी (बज्रराज) कार्यसमितिको सदस्यमा नविना सुवेदी, कमला सुनार, विनिता क्षत्री, सुरेश थापा, कृष्ण भट्टराई, प्रदिप लामिछाने, सुरज आचार्य, अस्मिता गौतम, अनिल चापागाई, उमेश अधिकारी, राधिका केसी, गंगा परियार, सपना विश्वकर्मा, अर्चना चापागाई, करिश्मा बिसी, रमा गौतम छन् ।
कार्यक्रममा अग्रज लोक गायिका पार्वती जिसी, गायक चोलेन्द्र पौडेल र पत्रकार श्याम कुँवरलाई सम्मान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले अधिवेशनको उद्घाटन गर्दै गाउँ गाउँमा दोहोरी गीत प्रतियोगिता गरे नयाँ कलाकार उत्पादन गर्न सहयोग पुग्ने बताए । ‘नयाँ कलाकार उत्पादन गर्न र प्रतिभाको खोजी गर्न गाउँ गाउँमा प्रतियोगिता गर्न पर्छ, ‘उनले भने, ‘स्थानीय तहको एउटा वडाले वडा स्तरीय प्रतियोगिता गरे अर्को वडाले सिको गर्दै देशव्यापी बन्छ ।’ उनले प्रतिष्ठानको संस्थागत विकास तथा संस्थाको सुदृढिकरणमा लाग्न नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठान नेपालका सल्लाहकार शान्ति गुरुङले प्रतिष्ठानले कलाकारलाई एकीकृत गर्दै संस्थागत विकासमा काम गरेको बताइन् । सभाले सचिव सुनिल गायकले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषध्यक्ष नवराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने नराका साथ भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३३का अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालमा महासचिव खगेन्द्रराज पराजुली, लोक दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, प्रतिष्ठान नेपालका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्री, पूर्व अध्यक्ष शिवहरि ढुंगाना, सल्लाहकार संयोजक सोमनाथ बांस्तोला लगायतले लोक दोहोरी क्षेत्रको बारेमा बोलेका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया