प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने

पोखरा । जेनजी आन्दोलनपछि अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । सोमबार १ बजे बस्ने बैठकका लागि आइतबार कार्यव्यवस्था समितिले कार्यसूची तय गरेको छ । सोमबारको बैठकमा शून्य समय राखिएको छ । त्यसपछि मुख्यमन्त्रीले संवोधन गर्ने भएका छन् । त्यसपछि गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक सदनमा टेबल हुनेछ । गाँजा खेती सम्बन्धी विधेयक पनि टेबल गरिने सचिव गोविन्द पौडेलले जानकारी दिए । यसैगरी खानी तथा खनिजसम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गर्नेगरी कार्यसूची तय भएको छ ।
भदौ २४ गतेको आगजनीबाट प्रदेशसभा र सचिवालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । जेनजी आन्दोलनले निम्त्याएको यो क्षतिले गण्डकी प्रदेशको विधायिकी प्रक्रियामा ठूलो असर पारेको छ । यसअघि असोज १८ गते सभामुख धितालले सूचना जारी गरेर असोज २२ गतेका लागि बैठक आह्वान गरे पनि अन्तिम समयमा पुनः स्थगित हुन पुगेको थियो ।
जेनजी आन्दोलनले गण्डकी प्रदेशमा विशेषगरी युवा पुस्ताको असन्तुष्टि र आक्रोशलाई उजागर गरेको थियो । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सरकारी सम्पत्तिमा ठूलो क्षति पु¥याउनुका साथै प्रदेशको समग्र प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको थियो । प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम थाले पनि प्रदेशसभाका भवनहरू भने तत्काल प्रयोगमा आउने अवस्थामा छैनन् ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा संसद बैठकका लागि आन्तरिक व्यवस्थापन सकिएको जानकारी दिए । सदन कति दिन चलाउने भन्ने बारेमा सदनमा रहेका दलका नेताहरुबीतको छलफलपछि टुंगो लाग्ने छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया