जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा पोखराका विभिन्न कार्यालयमा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्न ४ जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, घर र पसलमा भएको क्षतिसँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोरखा स्थायी घर भई हाल पोखरा –५ बस्ने २८ वर्षीय दिपक कुँवर र धादिङ स्थायी घर भई हाल पोखरा –५ बस्ने २३ वर्षीय दिपक राना मगर रहेका छन् ।
उनीहरुलाई शुक्रबार पोखरा ५ स्थित कोठाबाट चोरीका सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव निरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । उनीहरुको साथबाट कम्प्युटरको सिपियू ३ वटा, मनिटर १ वटा, किवोर्ड, माउस ३÷३ वटा, एउटा प्रिन्टर, २ वटा मल्टिप्लग, ३६ वटा सवारी चालक अनुमति पत्र र एउटा मोटरसाइकल बरामद गरिएको उनले बताए ।
उनीहरुलाई अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यस्तै, सोही आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रांगणमा पार्किङमा राखिएको मोटरसाइकल चारेको आरोपमा शुक्रबार नै २ जनालाई पनि प्रहरी पक्रेको छ । पक्राउ पर्नेमा पोखरा ५ पस्र्याङका ३६ वर्षीय विश्वराज परियार र पोखरा १३ बस्ने ३२ वर्षीय देबकुमार लोदिया रहेका छन् ।
उनीहरुलाई पनि अदातलबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया