हाम्रो गौरव सहकारी १९ वर्षमा

लेखनाथ ।
हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा शनिबार भएको छ । सभामा पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिए ।
वडाध्यक्ष सुवेदीले सहकारीकर्मीले सहकारी ऐनको परिधिमा रही वित्तीय क्षेत्रमा आउन नसकेको पुँजीलाई ल्याउँदै संकलित पुँजीको संरक्षणको दायित्व निर्वाह गर्न आग्रह गरे । पोखरा ३० का निवर्तमान वडाध्यक्ष श्रीराम पोख्रेल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी पुन, संस्थाका पूर्वअध्यक्ष प्रेमप्रसाद शर्मा, शेयर सदस्यको तर्फबाट नारायणी तिवारी र कौशिला अधिकाले बोलेका थिए ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षक तीता विमलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले सहकारीले स्थापना कालदेखि नै सेयर सदस्यबिच बैंकिङ कारोबार, मासिक बचत, दैनिक बचत, ऐच्छिक बचत, रेमिट्यान्स बचत, आकुरा बचत, खुत्रुके वचत, आवधिक (मुद्धति) बचत र आपसी सहयोग कोष जस्ता कार्य गर्दै आएको बताइन् ।
विमलीले सहकारीको सेयर पुँजी ६ करोड ११ लाख ७० हजार, निक्षेप संकलन ४८ करोड ५८ लाख ३ हजार १ सय ३१ र कर्जा लगानी ५३ करोड ४३ लाख १ हजार ७ सय १६ भएको उल्लेख गरिन् ।
सहकारीका अध्यक्ष महेन्द्र अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । सभाले कोषाध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र सचिव चन्द्रकान्त देवकोटाले प्रस्तुत गरेका प्रतिवेदनसमेत पारित गरेको छ ।
उक्त अवसरमा संस्थाका ८० वर्ष माथिका ज्येष्ठ नागरिक सदस्यहरु मनबहादुर भुजेल, राधिकादेवी च्वाईँ र काशिनाथ लामिछाने, विद्यावारिधि गर्ने डा रामचन्द्र अधिकारी र डा यज्ञराज रिमाल र सहकारीमा उत्कृष्ट कारोबार गर्ने २५ सदस्यलाई सम्मान गरिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया