पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई हाल सोही ठाउँ बस्ने २३ वर्षीय दीपक राना मगर छन् । उनीहरुलाई प्रहरीले उनीहरुकै घरकोठाबाट चोरीका सामानसहित पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार २०८२ साउन २४ गते जेन–जी आन्दोलनका क्रममा कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु र व्यक्तिगत घर पसलहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । प्रहरीले ती घटनामा संलग्न व्यक्तिहरुको पहिचान र अनुसन्धान गर्दै जाँदा दिपक कुँवर र दिपक राना मगरलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले खोजतलास र अनुसन्धानको क्रममा कात्तिक २१ गते उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको कोठाबाट विभिन्न चोरीका सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।







पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया