अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित

पोखरा ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजको चौथो साधारण सभा तथा छैटौँ अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले गोविन्द काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा प्रतापराज पौडेल, ताराकुमारी अधिकारी र गोविन्द सापकोटा, सचिवमा विजयकुमार खड्का क्षेत्री, सह–सचिवमा अम्बिका घिमिरे (अमृत), कोषाध्यक्षमा टीकाराम ढुंगाना, र सह–कोषाध्यक्षमा तुलसीप्रसाद पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा प्रेमलाल लम्साल, मञ्जु पौडेल, पवित्रा थापा रेग्मी, गोमा केसी, रामदेवी रोका, उदय बहादुर कुँवर, लेखनाथ खनाल, सावित्री सिग्देल र चेतनारायण पौडेल रहेका छन् । साथै प्रमुख कार्यक्रम संयोजकको जिम्मेवारी डुकप्रसाद काफ्ले (राजु) लाई दिएको छ ।
नव–निर्वाचित अध्यक्ष गोविन्द काफ्लेले धन्यवाद ज्ञापन गर्दै सम्पर्क समाजलाई अझ सशक्त, पारदर्शी र योजनाबद्ध बनाउने प्रतिबद्धता जनाए । उनले समाजले पोखरा बसोबास गर्ने अर्जुनचौपारीवासीबीच एकता र आत्मीयता बढाउने उद्देश्यका साथ शैक्षिक सहयोग, स्वास्थ्य सहायता, सामाजिक उत्तरदायित्व र आपत्कालीन राहत कार्यक्रमहरू अघि बढाउने योजना रहेको बताए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले पोखरामा रहेका अर्जुनचौपारी क्षेत्रका बासिन्दाबिच एकता, सहयोग र सांस्कृतिक पहिचानको संरक्षणमा निरन्तर योगदान दिने संकल्प व्यक्त गरे । समाजका अध्यक्ष जमुना काफ्ले चापागाईँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मेजर लक्ष्मी प्रसाद गुरुङ थिए भने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी विशिष्ट अतिथि रहेका थिए ।
समाजका निवर्तमान अध्यक्ष एवं अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्राडा भवानी शंकर पौडेल, प्रेम नारायण पौडेल, उमाकान्त पौडेल, हेम नारायण चापागाईँ, प्राडा टेक नारायण पौडेल, टेकनाथ पौडेल लगायतले बोलेका थिए ।
सचिव गोविन्द प्रसाद सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष महेश्वर रिमालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने गोविन्द काफ्लेले स्वागत गरेका थिए । उक्त कार्यक्रममा समाजका ज्येष्ठ आजीवन सदस्यहरू र सहयोगदाताहरूलाई सम्मान समेत गरिएको थियो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया