कुमुदिनी माविमा वादविवाद प्रतियोगिता

समाधान संवाददाता २०८२ कार्तिक २४ गते १६:५६

पोखरा ।
पोखरा महानगरपालिका ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार आइतबार तहगत रुपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।


आज सम्पन्न पहिलो चरणको आधारभूत तह स्तरीय प्रतियोगिता आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा ७ (ख)का आदित्य खत्री प्रथम, कक्षा ७ (ग)की छात्रा संस्कृति गैह्रे द्वितीय, कक्षा ८ (क)की छात्रा प्रतिष्ठा केसी तृतीय र कक्षा ७ (क)की छात्रा आयुषा लामाले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगी विद्यार्थीहरुले ‘सहरीया जीवनभन्दा गाउँले जीवन प्रेरणादायी र रमणीय हुन्छ’ भन्ने विषयको पक्ष विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत गरे । कक्षा ६ की विद्यार्थी नस्विना गौतमले कार्यक्रम सञ्चालन गरिन् ।

Advertisement


त्यस्तै आज नै सम्पन्न माध्यमिक तह (९–१२) अन्तर्गतको दोस्रो चरणको वादविवाद कार्यक्रम शिक्षक मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भयो । ‘वैदेशिक रोजगारी दीर्घकालीन समस्याको समाधान होइन’ विषयमा पक्ष विपक्षमा विद्यार्थीहरूले आफ्ना विचार व्यक्त गरे ।

कक्षा १० की विद्यार्थी निशा छन्त्यालले सञ्चालन गरेकी कार्यक्रममा कक्षा ११ विज्ञान संकायकी छात्रा अञ्जली केसी प्रथम, कक्षा १० (ग)का प्रतीक पौडेल द्वितीय, कक्षा ९ (ग) की दिव्या आचार्य तृतीय र कक्षा १० (ख)का सक्षम गैह्रेले सान्त्वना स्थान हासिल गरे ।

Advertisement

शिक्षकहरु इन्द्र राज बराल, उमा पोख्रेल र दिपक केसी निर्णायक रहेको कार्यक्रममा शिक्षकहरू श्रवणकुमार तिमिल्सिना र विशाल विक्रम बस्नेतको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कुरा कार्यक्रम संयोजक शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया